• मुख्य

    वीर अस्पतालको नयाँ भवन कोरोना अस्पताल बनाउने तयारी

      ओमकार टाइम्स

    काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्। कोरोना सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेको उनका  सल्लाहकार गणेश पाण्डेले जनाए ।

    सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आइतबार नै सरकारले काठमाडौ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस