• फिचर समाचार

    ६ हजार बैंक ब्यालेन्स हुनेले जितिन् चुनाव, बनिन् विधायक

      ओमकार टाइम्स


    एजेन्सी । पश्चिम बंगालको बान्कुडा जिल्लाबाट भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार चन्दना बाउरी विजयी भएकी छिन् । पहिलोपटक विधानसभा सदस्य चुनिने क्रममा चन्दनाले त्रिणमुल काँग्रेस (टिएमसी) का प्रत्यासी सन्तोषकुमार मण्डललाई ४ हजारभन्दा धेरै मतान्तरले हराइन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी प्रचारका क्रममा केही अवसरमा चन्दनाको चर्चा गरेका थिए, त्यसकारण पनि चन्दनाको जीतलाई धेरैले महत्वका साथ हेरेका छन् ।  जतिबेला भाजपाले चन्दनालाई यस क्षेत्रमा उम्मेदवार बनायो, त्यतिबेला उनी घरमै थिइन् । उनले छिमेकीमार्फत आफु उम्मेदवार बनेको खबर पाइन् ।

    दैनिक मजदूरी गरेर चलाउँछन् परिवार 

    चन्दना बाउरीले नामाङ्कनका लागि निर्वाचन आयोगमा पेश गरेको सपथ पत्रमा उल्लेख भएअनुसार उनको बैंक खातामा ६ हजार ३ सय ३५ भारु छ । उनको पतिको बैंक खातामा १५ सय ६१ भारु मात्रै छ ।
    चुनावी सम्बोधनका क्रममा चन्दनाले बताएअनुसार उनीसँग ३१ हजार ९ सय ८५ र पतिसँग ३० हजार ३ सय ११ भारु बराबरको कुल सम्पत्ति छ ।

    चन्दनाका पतिले दैनिक मजदूरी गरेर आफ्नो परिवार चलाउँछन् । उनीहरुसँग कृषिका लागि आवश्यक जमिन छैन । एउटा सानो घरमा तीनवटा गाई र तीनवटा बाख्रा पनि छन् । चन्दनाका तीन बच्चा छन् ।

    प्रधानमन्त्री आवास योजनाअन्तर्गत बन्दै छ घर 

    चन्दनाले आफ्ना पतिभन्दा धेरै पढेकी छिन् । उनका पतिले केवल ८ कक्षा पास गरेका छन्, जबकी चन्दनाले १२ सम्म पढेकी छिन् । चन्दना र उनका पतिलाई पछिल्लो वर्ष प्रधानमन्त्री आवास योजनाअन्तर्गत घर बनाउनका लागि ६० हजार भारु पहिलो किस्ताका रुपमा प्राप्त भएको थियो । यही सहयोगमा उनीहरुले दुई कोठाको पक्की घर बनाएका हुन् ।

    मोदीले गरिसके तारिफ

    प्रधानमन्त्री नरेन्द्र मोदीले केही अवसरमा चन्दना बाउरीको चर्चा गरिसकेका छन् । उनले बान्कुडामा आयोजित चुनावी जनसभामा तीनपटक चन्दनाको प्रशंसा गरेका थिए । त्यस्तै उनको पारिवारिक पृष्ठभूमिको पनि चर्चा गर्ने गरेका छन् ।
    चन्दनाका पति श्रवण पहिले फरवार्ड ब्लकका सदस्य थिए । तर २०११ मा तृणमुल काँग्रेसको सरकार बनेपछि उक्त पार्टीका कार्यकर्ताहरुले आफुमाथि उत्पीडन गरेको र आफु भारतीय जनता पार्टीमा प्रवेश गरेको उनी बताउँछन् ।

    प्रतिकृया दिनुहोस