• सम–सामयिक

    स्वास्थ्यकर्मीहरुलाई थाहा नगरपालिकाले प्रोत्साहन भत्ता दिने

      ओमकार टाइम्स


    मकवानपुरको थाहा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताबापत उपलब्ध गराउने भएको छ ।
    नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिएबापत चिकित्सकहरुलाई  ५० प्रतिशत र स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो ।
    त्यस्तै थाहा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि सर्वदलीय समिति गठन गरेको छ । कोरोना संक्रमण नियनत्रण तथा रोकथामका लागि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्य सर्वदलीय समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरूमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधिहरू रहने थाहा नगरपालिकाले जनाएको छ ।
    मंगलबारबाट थाहा नगरपालिकाका लागि सबै वडाहरूमा कोरोना संक्रमितहरुको पहिचान गर्न तथा जनचेतना मूलक कार्यक्रम संचालनका लागि घरदैलो अभियान चलाउने प्रमुख विष्ट बताए ।

    अभियानका लागि सबै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गर्ने र कोरोना संक्रमितहरुको तथ्याङ्क दैनिक संचारमाध्याममा सार्वजनिक गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताए ।
    थाहा नगरपालिकामा हालसम्म ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    प्रतिकृया दिनुहोस