• सम–सामयिक

    आज पहाडी भूभागमा वर्षाको सम्भावना

      ओमकार टाइम्स

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     

    अहिले देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू(भागहरूमा मेघगर्जन चट्याङ्ग सहित वर्षा भइरहेको छ।

    प्रतिकृया दिनुहोस