• विदेश

    मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु

      ओमकार टाइम्स


    एजेन्सी । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    त्यस्तै उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

    घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस