• समाचार

    शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

      ओमकार टाइम्स


    बैतडी । बैतडीमा शव बोकेको एक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा अन्य ६ जना घाइतेसमेत भएका छन् । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जाँदै गरेको से १ ज १८३ नम्बर जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।  चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस