• सम–सामयिक

    आज दुबै सदनका सांसदहरुको पीसीआर परीक्षण गरिँदै

      ओमकार टाइम्स

    आज राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख सहित दुबै सदनका सम्पूर्ण सांसद, कर्मचारी, मर्यादापालक लगायतको पीसिआर परीक्षण गरिँदैछ ।

    यही बैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।

    अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा आज र भोली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसिआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ ।

    यतिबेला सरकारका ३ मन्त्री खानेपानी मन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोना संक्रमण भएर उपचारका क्रममा  छन् ।

    प्रतिकृया दिनुहोस