• अर्थ

    बुधबार सुनचाँदीको मूल्य घट्यो

      ओमकार टाइम्स


    बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

    प्रतिकृया दिनुहोस