• सम–सामयिक

    आजको मौसम हावाहुरीसहित वर्षाको सम्भावना

      ओमकार टाइम्स

    काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा घाम लागिरहेको छ । त्यस्ते, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   यसैगरी राति पनि देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस