• सम–सामयिक

    घरमै परिक्षा गराउँदै निजी विद्यालय

      दिव्या दाहाल


    हाल कोभिड महामारीलाई ध्यानमा राख्दै सरकारको निर्देशन अनुरुप सबै विद्यालयहरुको पठनपाठनमा रोक लगाइएको छ।यस्तो अवस्थामा विद्यालयले लिने परिक्षाहरु पनि स्थगित गर्नु पर्ने बाध्यता भयो।कतिपय शैक्षिक संस्थाहरुले आन्तरिक मुल्यांनका आधारमा विद्यार्थीहरुको बढुवा गराए भने केही विद्यालयहरुले शुल्क उठाउनका निमित्त घरमै परिक्षा गराइरहेको पाइएको छ।

    सरकारको आदेशको वेवास्ता गर्दै अभिभावकहरुलाई विद्यालयमै बोलाई प्रश्नपत्र दिएर पठाउने र घरमै परिक्षा लिने कार्य भइरहेको छ।परिक्षा संचालन भइरहँदा स्थानीय तह भने मुकदर्शक मात्र बनेको अभिभावकहरुको गुनासो छ।

    सुनसरी इटहरी उपमहानगरपालिकामा रहेका धेरै निजी विद्यालयहरुले हाल परिक्षा संचालन गरिरहेका छन्।परिक्षा नगराएको खण्डमा अभिभावकहरुले शुल्क नतिर्ने भएकाले बाध्यतावस् परिक्षा गर्नुपर्ने शिक्षकहरुको भनाइ छ।

    प्रतिकृया दिनुहोस