• राजनीति

    सदस्यको निधनपछि न्याय परिषद् सचिवालय बन्द

      ओमकार टाइम्स

    काठमाडौं : न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गरेका  निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

    पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भिक थिए । नेपालको न्यायपालिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ । जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका खड्का कानुन व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषदमा नियुक्त भएका थिए ।

    प्रतिकृया दिनुहोस