• खेलकुद

    नेपाल सुपर लिग – धनगढी र पोखरा भिड्दै

      ओमकार टाइम्स

    काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग अन्तर्गत आज पनि एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थण्डर्सबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

    आजको खेलमा धनगढीलाई सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ । धनगढी हाल ४ खेलमा ७ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।
    यता पोखराको भने ४ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस