• मुख्य

    पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार

      ओमकार टाइम्स


    काठमाडौं । आइसियुमा उपचाररत पूर्वरानी कोमल शाहालाई वार्डमा सारिएको छ । नर्भीक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आइसियूबाट वार्डमा सारिएको छ ।

    शाह कोरोना संक्रमण भई १२ दिनअघि सो अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस