• फिचर

    प्रदेश १ मा फ्रन्टलाइनका कर्मचारीलाई ५० प्रतिशत भत्ता, होटल क्वारेन्टाइन

      ओमकार टाइम्स


    काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ ।

    बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित भएको अवस्थामा होम आइसोलेसनमा बस्न असहज भएमा वा सम्भव नभएमा होटल आइसोलेसनको व्यवस्था गरिने भएको छ ।

    बैठकले प्रदेश सरकारबाट नियुक्ति लिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीहरु संक्रमित भई निधन भएमा सम्बन्धितको परिवारलाई संघीय सरकारले प्रदान गर्ने क्षतिपूर्तिमा नदोहो¥याई २५ लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ ।

    कोशी कोभिड अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका लागि होटल क्वारेन्टाइनको व्यवस्था गरिने तथा चालक, सफाइकर्मी र कार्यालय सहयोगीलाई प्रदेश सरकारले प्रवन्ध गरेको खाना/खाजासहित क्वारेन्टाइन वा होटल क्वारेन्टाइनको बन्दोबस्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

    विराटनगरको कोशी कोभिड अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा प्रदेश सरकार मातहतका सम्पूर्ण कोभिड अस्पतालमा खटिने जनशक्तिका लागि मात्र यो सुविधा निर्धारण गरिएको हो ।

    प्रतिकृया दिनुहोस