• फिचर समाचार

    मोरङमा अटोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु | OmkarTimes.com

      ओमकार



    विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–९ मा अअटोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

     

     

    मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–६ का ६५ वर्षीय कविचन्द्र बुढाथोकी रहेका छन् । बिहीबार दिउँसो दक्षिणबाट उतरतर्फ जाँदै गरेको को २ ह ३६८५ नम्बरको अटोले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

     

    ठक्करबाट घाइते बुढाथोकीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने अटो र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस