• स्वास्थ

    पछिल्लो २४ घण्टामा थपिए ९ हजार ७० जना कोरोना संक्रमित, एकैदिन ५४ जनाको मृत्यु

      ओमकार टाइम्स


    नेपालमा एकैदिन ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा संक्रमण भएको हो।

    २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्यामा भने कमी आएको छ।

    थप २७०७ जनाले कोरोना जितेका छन्। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ। तीमध्ये ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस