• मनोरञ्जन

    फिल्म निर्देशक ऋषि लामिछानेलाई कोरोना संक्रमण

      ओमकार टाइम्स


    फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् ।

    लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

    कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।

    लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’

    यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

    लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस