• देश

    विद्युत् सर्ट भई आगलागी हुँदा ५६ लाखको क्षति | OmkarTimes.com

      ओमकार



    पाँचथर ।  कुम्मायक गाउँपालिकास्थित तिङदेनमा विद्युत् सर्ट भइ आगलागीबाट हुँदा ५६ लाखको क्षति भएको छ ।

     

    बिहीबार बिहान करीब ६ः३० बजेको समयमा कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

     

    आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका इञ्चार्ज बानहादुर चौहानका अनुसार आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

     

    सम्बाहाम्फेको घरमा राखेका नगद एक लाख ५० हजार र १० तोला सुनसमेत जलेर नष्ट भएको र सम्बाहाम्फेको सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति भएको इञ्चार्ज चौहानले जानकारी दिए । आगो स्थानीय र प्रहरीले करीब २ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

    प्रतिकृया दिनुहोस