• देश

    ३५ हजार रुपैयाँ घुससहित डिभिजन वन कार्यालय विराटनगरका सहायक वन अधिकृत पक्राउ

      पत्रपत्रिका

     

    विराटनगरः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङबाट सहायक वन अधिकृतलाई पक्राउ परेको छ ।

    सहायक वन अधिकृत सलाउदिन अन्सारीलाई दीपज्योति सामुदायिक वन उपभोक्ता समिति सुन्दरहरैंचाका पदाधिकारीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रवक्ता नरेन्द्र भट्टराईका अनुसार अन्सारीलाई डीएसपी डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले पक्राउ गरेको हो । रङ्गेहात पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी उनलाई काठमाडौं पठाइने तयारी भएको छ । अख्तियारका अनुसार आजै उनलाई काठमाडौं लगिने छ ।

    प्रतिकृया दिनुहोस