• कला/ साहित्य

    वर्षकै उत्कृष्ट फिल्म `ए मेरो हजुर ३´ मिलन नाल्बोले बेलायतमा प्रदर्शन गराउने | OmkarTimes.com

      ओमकार



    काठमाडौं । यस वर्षकै सुपर हिट नेपाली कथानक चलचित्र ऐ मेरो हजुर ३ बेलायतमा प्रदर्शन गरिने भएको छ ।

     

    देश विदेशमा प्रदर्शन भई नेपालमा ५१ दिन मनाउन सफल चलचित्र ए मेरो हजुर ३´ लाई बेलायतमा मिलन नाल्बोको नेतृत्वमा प्रर्दशन हुन लागेको हो ।

     

    बेलायतको मेडस्टोन शहरमा आउदो जुलाई ७ तारिक प्रर्दशन हुने नाल्बोले जानकारी दिएका छन् । नेपाली चलचित्रलाई माया गर्दै उत्कृष्ठ चलचित्रलाई प्रोत्साहन गर्न उक्त फिल्म हेर्न मिलनले आग्रह गरेका छन् ।

     

    फिल्म युनिटसँगको सहकार्य र सद्भाव सहित चलचित्र प्रदर्शन गरिन लागेको बताउदै मिलनले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई चलचित्र हेर्न आग्रह गरेका छन् ।

     

    यतिवेला फिल्मकि नायिका सुहाना थापा र निर्देशक झरना थापा बेलायत मै छन् ।

     

    झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ ।

     

    झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलको कोएक्टरको रूपमा सुहाना थापाले डेब्यु गरेकी छन् ।

    प्रतिकृया दिनुहोस