• देश

    नेपाल प्रहरीलाई मिल्यो ठूलो सफलता, ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न गिराेहका एकजना पक्राउ

      ओमकार


    काठमाडौँ । काठमाडौँ उपत्यकामा आतंककै विषय बनिरहेकाे शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न गिराेहका एकजना पक्राउ परेका छन् ।

     

    काठमाडौं उपत्यकामा विभिन्न युवतीलाई अज्ञात व्यक्तिले शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेकाे उजुरी बढ्दै गएका वेला प्रहरीले साे आक्रमणमा संलग्नलाई पक्राउ गरिएकाे दाबी गरेकाे हाे ।

     

    यसरी युवतीहरुमाथि सिरञ्ज हान्ने गरेकाे आशंकामा प्रहरीले रामेछाप स्थायी घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको जनाएकाे छ ।

     

    राजधानीको महाराजगञ्जबाट बिहीबार राति नै ती युवक पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर महाराजगञ्जले जनाएकाे छ । सुराकका आधारमा खटिएकाे सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

     

    पक्राउ परेका कार्कीले आफूले कुनै सिरिन्जले आक्रमण नगरेकाे र ‘काँटी’ले घोचेको प्रारम्भिक बयान दिएका छन् । थप अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएकाे छ । यद्यपि सिरिन्ज आक्रमण भएकै हाे या हाेइन भन्नेबारे प्रहरी नै यकिन निष्कर्षमा पुग्न सकेकाे छैन।

     

    पछिल्लाे समय काठमाडौँ उपत्यकाका साथै बनेपामा समेत धारिलाे तिखाे वस्तुले युवतीमाथि आक्रमण भएकाे उजुरी आए पनि अहिलेसम्म सिरिञ्जबाटै आक्रमण भएको पुष्टि हुन सकेकाे छैन ।

     

    बुधबार मात्रै बनेपामा एक महिला सिरिन्ज आक्रमणमा परेकाे भन्दै उजुरी आएकाे थियाे । त्यसअघि यस्ता नाै घटना काठमाडाैँमै भएका थिए ।

    प्रतिकृया दिनुहोस