नेपाली फ़िल्म इन्डस्ट्रीमा औषत व्यापार गर्न सफल भएको चलचित्र विर विक्रम २ लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ।
सामाजिक संजालमा चलचित्रको क्लिप्स सेयर गर्दै निर्देशक मिलन चाम्सले हिन्दी भाषामा डबिंग गरिएको चलचित्र युट्युबमार्फत रिलिज गरिने बताएका छन्।कोरोना महामारीलाई मध्यनजर गर्दै चलचित्र युट्युब मार्फत रिलिज गर्ने तयारी गरिएको छ।
चलचित्रको डबिंग २ वर्ष अघि नै गरिएपनि कोरोनाको कारण भारतमा रिलिज गर्न नपाएको उल्लेख गर्दै मिलनले युट्युबबाट नै दर्शकलाई फिल्म पस्केका छन्।फिल्ममा पल शाह,नाजिर हुसेन र वर्षा सिवाकोटीको अभिनय रहेको छ।
प्रतिकृया दिनुहोस