• देश

    गुडिरहेको गाडीमा अचानक आगलागी

      ओमकार


     

     

    चैत १५ – कैलालीमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ।शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा कैलालीको अत्तरियामा गुडिरहेको गाडीमा अचानक आगो लागेको हो।

    अत्तरीया चौकमा यात्रु खोज्दै गरेको बा ४ ख ५८६८ को माइक्रोबसमा आगलागी भएको हो।ईलाका प्रहरी कार्यालय अगाडि रहेको सो माइक्रोबसमा आगलागी हुँदा मानविय क्षति भने भएको छैन।गाडीमा आगलागी भएको १० मिनेटमा आगो नियन्त्रणमा आइसकेको छ।

     

    गोदावरी नगरपालिकाको दमकलको मद्दतमा १० मिनेटभित्रै आगो नियन्त्रणमा आएको हो।धनगढीबाट नेपालगंज जादै गरेको उक्त गाडीलार्इ अत्तीरया चोकमा यात्रु खोज्न गाडी घुमाउन खोजीरहेका बेला अचानक आगो लागेको हो।आगलागीबाट गाडी करिब पूर्णरुपमा क्षतिग्रस्त भएको छ।।

    प्रतिकृया दिनुहोस