• देश

    दाउरा निकाल्ने क्रममा अरुण नदिले बगाउँदा एकजना बेपत्ता | OmkarTimes.com

      ओमकार



    धनकुटा । धनकुटाका एक व्यक्ति अरुणनदीमा वेपत्ता भएकाछन् ।

     

    जिल्लाको महालक्ष्मी नगरपालिका ४ वेलटारका ५२ वर्षका मान वहादुर जोगी नदीमा वेपत्ता भएको चानुवा प्रहरीले जनाएको छ ।

     

    आज बिहान अरुण नदिमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा जोगीलाई नदीले वगाएको हो ।

     

    नदीमा वेपत्ता भएका जोगीको अहिले चानुवा र लेगुवा प्रहरी चौकीका प्रहरी टोली सहित स्थानियको पहलमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस