• विदेश

    डेनमार्कका राष्ट्रपतिले आफ्नो कार्यकाल सकेर एउटा झोला मात्र बोकेर घर फर्किए

      ओमकार


    काठमाडौ । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेनको एउटा तस्बिर यतिबेला निकै भाईरल बनिरहेको छ । भर्खरै मात्र आफनो ४ बर्षे कार्यकाल पुरा गर्दै उनी आफनो घर फर्किएका छन् ।

     

    २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् ।आफ्नो कार्यकालको ३ वर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन् ।

     

    आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद समेत लिएका छन् ।

     

    कार्यकाल सकिएपछि निवास छाडेका लार्सले एउटा झोला मात्र बोकेर बाहिरिएका थिए । निकै सामान्यत तरिकाले सरकारी निवास छाडेर गएको तस्बिर उनले आफनो सामाजिक सञ्जालमा राखेका थिए । जुन तस्बिर यतिबेला विश्वभर भाइरल बनिरहेको छ ।

     

    उनी कुनै पनि तामझाप र सुरक्षाकर्मीबिना नै सरकारी निवासबाट बिदा भएको भन्दै उनको विश्वभर चर्चा भईरहेको छ । नेपालमा निवर्तमान प्रधानमन्त्रीहरुले सरकारी निवास छाड्दा गाडी, सरकारी सामान, सुरक्षाकर्मीसहित आफुसँगै लैजाने परम्परा छ ।

     

    लार्स यसअघि पनि बेला बेला निकै चर्चा आउने गरेका व्यक्ति हुन् । यसअघि उनले फ्रान्सेली आगन्तुकलाई साइकलमा सहर सयर गराएपछि पनि उनको निकै चर्चा चलेको थियो । लार्सले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोँ र उनको टोलीलाई साइकलमै राजधानी कोपनहेगन भ्रमण गराएका थिए ।

     

    उनीहरूले करिब एक घन्टा साइकल सयर गरेका थिए।मध्यसहरको यो यात्रामा कहीँ पनि सर्वसाधारणको आवागमन रोकिएको थिएन् ।
    उनको यही छबीको कारण पनि नेपालका राजनीतिज्ञहरुले पनि केही सिके जनतालाई कति सहजता हुन्थ्यो होला भन्दै नेपालमा पनि सामाजिक सञ्जालमा उनको प्रशंसा सहितचर्चा भईरहेको छ ।

     

    उनको कार्य अवधी सकिएलगत्तै डेनमार्कको नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनी डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

     

    उनी डेनमार्कको इतिहासमा सबैभन्दा कम उमेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन् । ४१ वर्षीया फ्रेडरिकसनले हिजो बिहिबार आफनो पदभार ग्रहण गरेकीछिन् ।

    प्रतिकृया दिनुहोस