• राजनीति

    १५ खर्ब ३२ अर्बको बजेटआश्रित तीन विधेयक पारित

      ओमकार


    काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको १५ खर्ब ३२ अर्बको बजेटसँग आश्रित तीन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

     

    शुक्रबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९२३औँ संशोधन० विधेयक पारित भएको हो ।

    बजेटको मुख्य विधेयकका रूपमा हेरिने विनियोजन विधेयक भने गत मंगलबार नै पारित भइसकेको छ ।

     

    प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभामा छलफल भई १५ दिनभित्र पारित भएर पुनः प्रतिनिधिसभामा आउनेछ ।

     

    प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट पारित विनियोजन विधेयक टेबुल भएपछि बजेट कार्यान्वयनको मुख्य बाटो खुला हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस