• देश

    खतरनाक दुर्घटना: कार यसरी चोईटिदा समेत भित्र सवार कसैलाई केही भएन

      ओमकार


    काठमाडौं । मापसे गरेर हाँकिएकाे एक कार जमलस्थित कान्तिपथमा खतरनाक ढंगले दुर्घटनाग्रस्त भएकाे छ । शनिबार एकाबिहानै केशरमहलबाट कान्तिपथतर्फ गइरहेको साे कार कच्याकुचुक पर्नेगरी दुर्घटनाग्रस्त भए पनि घटनामा काेही हताहती नभएकाे प्रहरीले जनाएकाे छ ।

     

     

    आज बिहान करिब ६ बजेतिर बा ११ च ३६०४ नम्बरको कार जमलमा आइपुग्दा दुर्घटनामा परेकाे हाे । साे दुर्घटनामा कारका चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते रहेकाे ट्राफिक प्रहरीले बताएकाे छ । प्रहरी स्राेतका अनुसरा साे कारमा ३ जना यात्रु सवार थिए तर खतरनाक दुर्घटना हुँदा पनि सबै सकुशल छन् ।

     

     

    कारका चालकलाई नियन्त्रणमा लिएर साेधपुछ गर्दा उनले मदिरा सेवन गरेर गाडी हाँकेकाे भेटिएकाे छ । उनकाे खुट्टामा सामान्य चाेट लागेकाे छ भने कार क्षतविक्षत रहेकाे छ । अनियन्त्रित रुपमा आएकाे कार कान्तिपथस्थित होटल एलो प्यागोडा अगाडि आइपुग्दा सडकको रेलिङमा ठाेक्किएर दुर्घटनाग्रस्त भएकाे प्रहरीकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस