• विदेश

    बर्षाका कारण एउटा टोलको पर्खाल भत्किएर किच्दा १७ जनाको मृत्यु

      ओमकार


    एजेन्सी  । भारतको पुणेमा भारी बर्षातका क्रममा एउटा टोलको पर्खाल भत्किएर किच्दा १७ जनाको ज्यान गएको छ ।

     

    शनिबार बिहान पर्खाल खसेर झुपडीमा बजारिएको थियो। यो घटनामा ११ पुरूष, २ जना महिला र चारजना बालबालिकाले मृत्यु भएको छ भने तीनजनाको उद्धार गरिएको छ ।

     

    अझै पनि पर्खालको भग्नवाशेषमा केही मानिस पुरिएको अनुमानमा खोजी कार्य जारी रहेको छ । पानी अत्यधिक परेपछि टोलको ५० फिट लामो पर्खाल भास्सिँदै गएर झुपडीमा खसेको थियो ।

     

    घटनामा ज्यान गुमाएकामा धेरै जसो झुपडीमा बस्ने गरेका बिहारका बासिन्दा रहेका छन्। प्रहरीले यससम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिकृया दिनुहोस