• देश

    एसईईमा ` ए प्लस´ नआएको भन्दै एक किशोरीले गरिन आत्महत्या | ओमकार टाईम्स

      ओमकार


    काठमाडौं । एसईई परिक्षाको नतिजाका कारण शनिबार दिउँसो काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

     

    अर्घाखाँची जिल्ला सन्धिखर्क घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

     

    महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेकी हुन् ।

     

    बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस