• समाचार

    “खाना बाड्दै, खुशी साट्दै”

      ओमकार टाइम्स

    काठमाडौँ – सरकारले गरेको निषेधाज्ञा कारणले दैनिक जीवन गुजार्न समस्या परेका नागरिकलाई दैनिक खाना खुवाउने कार्यमा लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डका चार्टर प्रेसिडेन्ट शितल शर्माले निरन्तरता दिएका छन। काठमाडौँ कोटेश्वरस्थित सदस्य सेवा सहकारीका संचालक तथा लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डका चार्टर प्रेसिडेन्ट शितल शर्माले कोरोना कहरमा रहेका ब्यक्तिहरुलाई नियामित निशुल्क खाना वितरण कार्य गर्दै आएका थिए।

     

    शर्मा विगत लामो समयदेखी समाजिक क्षेत्रमा सक्रिय छन्। सरकारले गरेको निषेधाज्ञामा समस्या परेका  बालबालिका तथा बृद्धबृद्धालाई लागि दैनिक खाना वितरण गर्दै आएका हुन। शर्माले काठमाडौँको विभिन्न स्थानहरुमा समस्यामा रहेकाहरुको लागि त्यस स्थानमै पुगेर खाना वितरण सुरु गरेका हुन।

     

    समस्यामा परेका अशक्त, जेष्ठ नागरिक बालबालिका र मजदुरहरु लाई निशुल्क प्याकिङ खान र पानी तिरण कार्य गत हप्तादेखि निरन्तर बितरण गर्दै आएका छन्। यो महामरिको समयमा सामाजिक कार्य गर्दै केही सहयोग गरौं भन्ने उद्देश्यले कोरोनाको मारमा रहेकाहरुलाई सकेको सहयोग अन्तर्गत खाना बितरण कार्य गरिएको शर्माले बताए।

    प्रतिकृया दिनुहोस