• देश

    `कृषि आधुनिकीकरणका लागि सामुहिक खेती अपरिहार्य´ – मन्त्री कार्की

      ओमकार


    – सान नेपाल

     

    झापा । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कृषी क्षेत्रको आधुनिकिकरण गर्दै किसानहरुलाई कृषि क्षेत्रमा पर्याप्त राहत दिन आवश्यक रहेको बताएका छन् ।

     

    गौरादह वडा नं. १ मा रहेको उद्यमी कृषि सहकारी संस्था द्धारा धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले उक्त कुरा वताएका हुन् ।

     

     

    सामुहिक खेतीको महत्व माथी प्रकाश पार्दै मन्त्री कार्कीले सामुहिक भावना बाट मात्र कृषी क्षेत्रमा पर्याप्त सुधार गर्न सकिने वताए ।

     

    कृषिलाई आधुनिकिकरण गर्न संस्थाहरुले अवलम्बन गरेको सामूहिक खेती बाट राज्यलाई समेत सहज हुने वताए । प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यक्रमको माध्यम बाट धेरै कृषकलाई राहत मिलेको वताउदै मन्त्री कार्कीले कृषी क्षेत्रको विकास गर्न सकेमा मात्र मुलकमा दिगो विकास सम्भव रहेको वताए ।

     

     

    परम्परागत रुपमा चली आएको धान दिवस यस वर्ष पनि देशका विभिन्न भागमा हर्सोल्लासका साथ मनाई रहदा गौरादहका धेरै स्थानमा महत्वका साथ मनाईएको छ ।

     

    वर्षायाममा किसानहरुले लगाउने धानबाली असार १५ गते अवसर पारी कृषि क्षेत्रमा आबद्ध संस्थाहरुको आयोजनामा रोपाईं शुरुवात गर्दै सामूहिक रुपमा धान दिवश मनाईएको हो ।

     

    संस्थाहरुले प्रत्येक वर्ष मनाउँदै आएको धान दिवसलाई यस वर्ष १६ औं राष्ट्रिय धान दिवसको रुपमा गौरादह १ मा रहेको उद्यमी कृषि सहकारी संस्था, गौरादह साना किसान महिला कृषि सहकारी संस्था, गौरादह साना किसान अर्गानिक सहकारी खेती र गौरादह आई.पि.एम कृषि संजालले धान दिवस मनाएका हुन् ।

     

    संस्थाहरुले किसानको जग्गा लिजमा लिई सामूहिक रुपमा दही चिउरा खाई रोपाईं गरेका छन् । गौरादह १ मा रहेको उद्यमी कृषि सहकारी संस्थाले २ बिगाहा १० धुर जग्गा १० वर्षका लागि लिजमा लिई रोपाईं गरिएको हो ।

     

    धान दिवसकै अवसर पारेर गौरादह नगरपालिका वडा नंं. १ ले उद्यमी कृषि सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुको आय आर्जन वृद्धि गर्न बयर जातको बिउको बोका र १५ वटा उन्नत जातका पाठी वितरण गरेको छ ।

     

    उन्नत जातका वाख्राहरु वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले संस्थाका अध्यक्ष भूपध्वज लुईंटेललाई हस्तान्तरण गरेका थिए । उन्नत जातका वाख्रा हस्ताण्तर गर्दै वार्ड अध्यक्ष भण्डारीले सामुहिक भावना लिएर आउने कृषक समुहलाई नगरपालिकाले सदैव सहयोग गरी रहने वताउदै उनले ।

     

    त्यसअवसरमा संस्थाका सचिव नेत्र बहादुर दाहाल, कृषि सेवा केन्द्र गौरादहका देवी प्रसाद सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए । गौरादह साना किसान महिला कृषि सहकारी संस्था र गौरादह साना किसान अर्गानिक सहकारी खेती समूहले संयुक्त रुपमा गौरादह १ को गुरुङ्ग चोकमा धान दिवस मनाएका छन् ।

     

    संस्थाले अर्गानिक खेती गर्ने उद्देश्यले ३५ बिगाहा जग्गा २५ वर्षको लागी लिजमा लिएको थियो । २८७ समूह रहेको संस्थाले धान दिवसको दिन १ बिगाहामा धान रोपाईं गरेको संस्थाकी अध्यक्ष तुलसा भुजेलले जानकारी गराईन् ।

     

    कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले किसानहरुलाई सहज तरिका बाट खेती गर्न सामूहिक खेती प्रणाली आवश्यक रहेको वताएका थिए ।

     

    उक्त अवसरमा कृषि उपकरण पशुपालन साना उद्योग समितिका अध्यक्ष भिम बहादुर कुँवर, वस्तु तथा सेवा उपभोक्ता महासंघ केन्द्रिय सदस्य राम बहादुर राई, अर्गानिक खेतीका किसान मोती प्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

     

    यसै गरी गौरादह–४ को पाटागाडामा रहेको आई.पि.एम कृषि सञ्जालले धान दिवस मनाई रोपाईं गरेको छ । सञ्जालले ६ कठ्ठा जग्गामा बेठी लगाई धान रोपेको हो ।

    प्रतिकृया दिनुहोस