• समाचार

    राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीका ४ मन्त्रीको मतदान रोक्न आयोगमा निवेदन

      ओमकार टाइम्स


    बुटवल : लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।

    विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् । यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा विहान ९ बजेबाट मतदान गर्ने क्रम जारी छ ।

    निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।

    पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

    पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

    सोही आधारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन । तर हिजो साँझ आयोगले उनीहरुको पनि नाम समावेश गरेको सूचना जारी गरेपछि विपक्षी गठबन्धनले विरोध गरेक हो ।

    प्रतिकृया दिनुहोस