• पत्र-पत्रिका

    नेकपाका ४४१ केन्द्रिय सदस्य बेरोजगार, बढ्न सकेन एकता प्रक्रिया

      पत्रपत्रिकाबाट

     

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।

     

    पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्र्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । कता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन् । यो समाचार मधुसुदन रायमाझीले नेपाल समाचारपत्रमा लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस