• सम–सामयिक

    आज गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

      ओमकार टाइम्स

    जल तथा मौसम पूर्वानुमान महाशाखाले  हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ।

    हाल देशका पहाडी भूभागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ।

    प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

    मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस