• समाचार

    स्वास्थ्य सामग्री हस्तान्तरण

      ओमकार टाइम्स

    बझाङ । वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका प्रवन्ध र्निदेशक लवराज जोशीले बताए ।

    उक्त सामग्री प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस