• राजनीति

    उपेन्द्र समूहद्वारा ठाकुर र महतोसहित चार नेतालाई निस्कासन

      ओमकार टाइम्स


    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

    ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जसपाका यादवसमूहका नेता इश्तियाक राईले जानकारी दिए ।

    यसअघि जसपाका अध्यक्ष यादवले ठाकुर र महतो लगायतलाई स्पष्टीकरण सोधेका थिए । ठाकुरले पनि यादवलाई दुईपटक स्पष्टीकरण सोधेका थिए । ठाकुर समूहले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको थियो ।

    यसैबीच, ठाकुर समूहको पनि बबरमहलस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको छ । उपेन्द्र यादवलाई निस्कासनको तयारी भइरहेको र केही बेरमै पत्र पठाइने एक नेताले बताए ।

    प्रतिकृया दिनुहोस