• खेलकुद

    अर्जेन्टिना र चिलीले खेल १–१ गोलको बराबरी

      ओमकार टाइम्स

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्र भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

    खेलमा सुरुवाती अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे । उनले खेलको २४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए ।  Argentina and Chile draw 1-1: Highlights of the game and goals from Lionel  Messi and Alexis

    त्यस्तै यता खेलको ३६औं मिनेटमा सान्चेजले गोल गरेपछि पाहुना टोली खेलमा फर्कियो । र, बाँकी समय थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

    उक्त बराबरीसँगै विश्वकप क्वालिफायरको दक्षिण अमेरिकी छनोटतर्फ दोस्रो स्थानको अर्जेन्टिनाले ५ खेलबाट ११ अङ्क बनाएको छ। यता चिली भने ५ अङ्कका साथ छैटौँ स्थानमा छ ।

    प्रतिकृया दिनुहोस