• विदेश

    आज बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु, २२ घाइते

      ओमकार



    किश्तवाड । भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।

     

    किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो ।

     

    केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताउनुभयो ।

     

    घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । रासस/एएनआई

    प्रतिकृया दिनुहोस