• समाचार

    ‘प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको ?’

      ओमकार टाइम्स


    धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहसँग स्पष्टीकरण सोधेको छ। पार्टी स्थायी कमिटीको निर्णयबिरुद्ध गएर प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको विषयमा  उनलाई ४८ घण्टे स्पष्टीकरण सोधिएको हो ?

     

    एमाले स्थायी कमिटीको जेठ १० गते बैठकले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो। तर, माधव कुमार नेपाल–झलनाथ खनाल गुटको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेशमा पार्टी निर्णय अटेर गरिएको थियो।

    प्रतिकृया दिनुहोस