• विदेश

    डोनाल्ड ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट दुई वर्षका लागि प्रतिबन्धित

      ओमकार टाइम्स

    एजेन्सी : फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ । गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो ।

     

    जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो । गएको महिना फेसबुकको ओभरसाइट बोर्डले अनिश्चितकालीन कारवाहीको विरोध गरेको थियो ।

     

    फेसबुकले गरेको निर्णय गएको वर्ष भएको चुनावमा मतदान गर्ने आफ्ना दशौँलाख मतदाताको अपमान रहेको बताएका छन् । ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गएको जनवरी ७ देखि नै गणना हुने गरि लागु भएको फेसबुकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस