• राजनीति

    बाबुरामको प्रश्न : नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ?

      ओमकार टाइम्स

    काठमाडौँ : जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

    सामाजिक संजाल ट्विटरमा पूर्वप्रधानमन्त्री भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’ उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।

    प्रतिकृया दिनुहोस