• देश

    हार्टअट्याक भएका यात्रुलाई बाटैमा झारेर भाग्ने ट्याक्सी चालन पक्राउ

      ओमकार


     

    हार्टअट्याक भएका बिरामी यात्रुलाई हस्पिटल लैजानुको साटो जर्बजस्ती ट्याक्सी भित्रबाट तानेरै बाटोमा छाडेर भाग्ने ट्याक्सी चालक पक्राउ परेका छन् ।

     

    फागुन १३ गते बुधबार चावहिल चोकस्थित हेल्पिङ्ग ह्याण्ड्स अस्पताल अगाडीको खाली भागमा बा. १ ख ३८५१ नम्बरको ट्याक्सी चालक कमल बहादुर श्रेष्ठलाई महानगरीय प्रहरी वृत गौशलाले पक्राउ गरेको हो ।

     

    ‘दोलखा मेलुङ स्थायी घर भएका ट्याक्सी चालक कमल बहादुर श्रेष्ठलाई पक्राउ गरेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘मृतकलाई पोष्टमार्टमका लागी शिक्षण अस्पताल पठाइएको छ, ट्याक्सी चालकबारे थप अनुसन्धान भइरहेको छ ।’

     

    गोकर्णेश्वर नगरपालिका –४ स्थायी घर भएका ६० वर्षीय गोपाल कारञ्जित बुधवार मेडिकेयरमा उपचार गरेर ट्याक्सीमा घर फर्कंदै थिए । छोरा प्रविणका रञ्जित आफ्ना बाबुलाई ट्याक्सी चढाएर मोटरसाइकलमा घर फर्किएका थिए ।

     

    तर, ट्याक्सी चढेको केही मिनेटमा नै गोपाल कारञ्जित छटपटाउन थालेपछि आफुले आत्तिएर ट्याक्सीबाट निकालेर भागेको चालक कमल बहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा बताएका छन् । गोपाल कारञ्जितले उपचार गराएको हस्पिटल मेडिकेयर र हेल्पिङ हेण्डस्को दुरी करिव ३ सय मिटर रहेको छ ।

     

    प्रहरीले निकै मेहनतपछी सिसिक्यामेरा फुटेजको सहायताले शंकास्पद ट्याक्सी चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

     

    ‘ट्याक्सी चालकले प्रहरीलाई खबर गर्ने वा हस्पिटलमा लगेर विरामी छाड्नुपथ्र्यो’ डिएसपी बोगटी भन्छन्, ‘गैरजिम्मेवार तरिकाले बाटैमा किन छाडियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

     

    ट्याक्सी चालकलाई प्रहरीले बुधवार साँझ नै नियन्त्रणमा लिएको थियो ।

     

    प्रतिकृया दिनुहोस