• समाचार

    २५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण

      ओमकार टाइम्स

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्टे«टर वितरण गरेको छ ।

    नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्टे«टर वितरण गरिएको हो ।

    अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टे«टर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस