• राजनीति

    कडा चेतावनीका साथ विप्लवले निकाले यस्तो विज्ञप्ति, हेर्नुस् विज्ञप्तिको पुर्ण पाठ

      ओमकार


    काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेका छ ।

     

    सोमबार विज्ञप्ति जारी गर्दै सङ्खुवासभामा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको निन्दा गर्दै विप्लव नेकपाले दमन नरोके प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

     

    पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी वली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवं भर्त्सना गर्दछ ।’

     

    विप्लव नेकपाले अविलम्ब दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिएको छ ।

     

    विज्ञप्तिको पूर्णपाठ

     

     

    प्रतिकृया दिनुहोस