• समाचार

    बाँकेमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

      ओमकार टाइम्स

    बाँकेमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।

    बाँके, बर्दिया र प्यूठानका संक्रमितको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ की ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

     

    प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नम्बर ६ का ७२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । जेठ ९ गते एन्टिजेन गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । यसैगरि बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ की ८० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

     

    योसँगै बाँकेमा कोरोनाबाट ३ सय ४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस