• देश

    सवारी दुर्घटनामा परि ६४ जना पुरुष सहित ७९ जनाको मृत्यु | ओमकार टाईम्स

      ओमकार



    सिरहा ।  जिल्लाको विभिन्न स्थानमा चालु आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको छ ।

     

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को श्रावण देखि जेठसम्म एघार महिनामा पुरुष ६४ जना, महिला दशजना र बालबालिका पाँचजनागरी जम्मा ७९ जनाको मृत्यु भएको हो ।

     

    जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रहरी नायव निरीक्षक मनोज कुमार चौधरीले गतवर्षको तुलनामा यस वर्ष दुर्घटना बढेको बताउनुभयो ।

     

    सवारी दुर्घट्ना हुने कारणहरुमा अत्यधिक गतिमा सवारी साधन चलाउनु, दाइजोमा दिइएको मोटरसाइकल सवारी चालक अनुमतिपत्र नलिइकनै चलाउनु, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु, ट्राफिक संकेत तथा नियमहरु थाहा नहुनु लगायतका कारण, दुर्घटना बढेको प्रहरी नायव निरीक्षक चौधरीले बताउनुभयो ।

     

    सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरीले गरीएका प्रयासहरुमा विद्यालय सम्पर्क कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, ट्राफिक संकेत होडिङग बोर्डहरु, जेब्राक्रस निर्माण, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, चालकको स्वास्थ्य परिक्षण लगायका कार्यक्रमहरु रहेका छन् ।

     

    बस, ट्रक, कार, जिप, भ्यान, ट्याक्टर, मोटरसायकल र अन्य सवारी साधनहरुलाई कारवाही गर्दा एक करोड ५० लाख ६१ हजार रुपियाँ जरिवना वापत राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको तथ्यांक छ ।

     

    गत आर्थिक वर्ष २०७४/०७५ मा ३४ हजार ३७० सवारी साधनहरुलाई कारवाही गर्दा एक करोड ९८ लाख ७९ हजार रुपियाँ राजश्व संकलन गरिएको थियो ।

     

    जिल्लामा सिरहा, विष्णुपुर, बन्दीपुर, मिर्चैया,  गोलबजार, धनगडी, ठाडी र सुखीपुर गरी जम्मा नौ स्थानमा ट्राफिक पोष्ट कायम गरी ट्राफिक चेकजाँच भइरहेको छ । अस्पताल चोक, भोटीयाटोल, मेदनीपुल, मुसहर्नीया चोक, कसहा चोक, महदेवा चोक लगायतका स्थानमा बढी दुर्घटना हुने गरेको जनाइएको छ ।

     

    यसैबीच, सोमवार लहान ११ पडरिया चोकमा ट्रकले रोकिएको म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा तीन जनको मृत्यु र १५ जना घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस