• विदेश

    ब्राजिलमा कोरोनाबाट हुने मृत्यु हुने संख्या झन् बढ्यो

      ओमकार टाइम्स

    साओ पाओलो । ब्राजिलमा कोरोना संक्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट– १९ यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचार अनुसार मंगलबार मात्र २ हजार ३७८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो ।

    तर, त्यसको २४ घन्टापछि मंगलबार मात्र यहाँका २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि  जानकारी दिइएको छ । अघिल्लो दिनमात्र अर्थात् सोमबार यहाँका करिब ३७ हजार जनामा मात्र संक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ । यो संख्या सँगै ब्रालिजमा कूल संक्रमितको संख्या यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइए पनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओ पाओलो शहरमा सुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ ।

    अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस