• समाचार

    अर्घाखाँचीमा जीप दुर्घटना हुदाँ चालकको मृत्यु

      ओमकार टाइम्स

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ  ।

     

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ कागाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको  छ ।

     

    गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ  । प्रहरीले घटना थप अनुसन्धान शुरु  गरेको छ ।

    प्रतिकृया दिनुहोस