• विदेश

    भारतमा कोभिड–१९ का कारण अहिलेसम्म दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै संक्रमित

      ओमकार टाइम्स

    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ ।

    कोभिड–१९ का कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको ज्यान गएको छ ।

     

    बिहार सरकारले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेका कारण आँकडा बढेको हो । बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।

     

    ९ जुनसम्म यो आँकडा ५ हजार ४७८ थियो, त्यसमा ३ हजार ९५१ अध्यावधिक गरिएको हो । सोही कारण पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै पुगेको दाबी गरिएको छ ।

     

    भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ ।

    प्रतिकृया दिनुहोस