• समाचार

    यादवसँगै जसपाका मन्त्री संख्या ११, सरकारमा जसपा बलियो

      ओमकार टाइम्स

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवको पनि नाम परेको छ। उनी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा खुलेका नेता हुन्। जसपाले ओली सरकारमा सहभागी हुन १० मन्त्रालय मागेको थियो। तर, राजकिशोरको नाम पनि मन्त्री बन्ने सूचिमा रहेसँगै जसपाले ११ मन्त्रालय पाएको छ।

    बालुवाटार स्रोतले दिएको लिष्टअनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो ।

    मन्त्री बन्न नपाएपछि उनी अर्का अध्यक्ष उपेन्द्र यादवतर्फ जाने संभावना देखेपछि महन्थ ठाकुरकै जोडबलमा उनलाई मन्त्री बनाइएको हो । यादवले मन्त्री नबनाएपछि कुनै प्रतिक्रिया जनाएका थिएनन् । आठ मन्त्री र दुई राज्यमन्त्री सहित सरकारमा गएको राजपाको ठाकुर पक्षले फेरि अर्को एक मन्त्रालय पाएको छ । जसपाको ठाकुर– महतो पक्षमा २० सांसद थिए। तीमध्ये ११ जना मन्त्री भएका छन् ।

    प्रतिकृया दिनुहोस